गण्डकी प्रदेश

कोरोना संक्रमणका कारण पुर्वि नवलपरासिमा एक जनाको मृत्यु

१७ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि पाँचदिन अघि अस्पताल भर्ना भएका पुर्वी नवलपरासिको कावासोती नगरपालीका १४ का ७८ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतक व्यक्तिमा निमोनियाको समस्या थियो । यो संगै पुर्वी नवलपरासिमा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । संक्रमित २ हजार भन्दा बढी नाघिसकेको छ ।