लुम्बिनी

पाल्पा र दाङमा गरी थप तिन कोरोना संक्रमितको मृत्यु

१७ मंसिर,पाल्पा । पाल्पा र दाङमा गरी थप तिन जना कोरोना संक्रमीतको मृत्यु भएको छ । पाल्पामा दुई र दाङमा एक संक्रमीतको मृत्यु भएको पुष्टि भएको हो ।

मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालीका १ का ३८ वर्षका पुरुष र स्याङजाको गल्याङ नगरपालीका ४ का ३९ वर्षका पुरुष रहेका छन् । लुम्बिनी डेडिकल कलेज प्रभासमा उपचारका क्रममा आज बिहान दुबै जनाको मृत्यु भएको हो ।

पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए भने मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

यस्तै दाङको तुलसिपुर उपमहानगरपालीका ६ का ५६ वर्षका पुरुषको आज बिहान ५ बजेति कोहलपुरमा मृत्यु भएको हो । मंसिर ७ गते कोरोना पुष्टि भएका पुरुषको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापी समेत गरिएको थियो ।