१८ मङ्सिर, काठमाडौँ । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधनभएको थियो । स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री भएका थिए । उन पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमितभई निको भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएको ३–४ दिनपछि उनको निधनभएको हो । उनमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ ।
उनको आजै पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनकादुई छोरा र चारजना छोरी रहेका छन् ।