समाचार

कोरोना संक्रमणका कारण दाङका दुईको मृत्यु

१९ दाङ, मंसिर । कोरोना संक्रमणका कारण दाङमा थप दुई जनाको मृत्यु भएको छ । दाङको तुलसिपुर उपमहानगरपालीका ११ का ४५ वर्षका पुरुष र तुलसिपुरकै ८१ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

यो संगै कोरोना संक्रमणका कारण दाङमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना भएका तुलसिपुरका ४५ वर्षका पुरुषको बिहिबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै तुलसिपुरकै ८१ वर्षे पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुुरमा बिहिबार राति १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो । उनमा मंसिर १३ गते कोरोना पुष्टि भएको थियो ।