शिक्षा

कोरोनाका कारण रोकिएको लोकसेवाको परिक्षा तालिका सार्वजनिक

१९ मंसिर, काठमाडौं । लोकसेवा आयोगको स्थगित परिक्षा पुन सञ्चालन हुने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण गत चैत्रदेखि यता स्थगित सबै परिक्षा परिक्षा पुन सञ्चालन हुने भएको हो ।
आयोगले एक सुचना जारी गर्दै शाखा अधिकृत र नायब सुब्बा पदको लिखित परीक्षा सञ्चालन हुने जानकारी गराएको हो ।
आयोगले जारी गरेको सुचनामा शाखां अधिकृतको हुन बाकी बिभिन्न पत्र र बिषयको परिक्षा कात्तिक १८ देखि २७ गते सम्म सञ्चालन हुनेछ । भने सुब्बा पदको द्धितिय र तृतीय पत्रको परीक्षा मंसिर ७ गते १२ गते सम्म सञ्चालन हुनेछ ।सहसचिब पदको परीक्षा तालिका पनि आयोगले सार्वजनिक गरेको छ । (पुरानो समाचार प्राबिधिक कारणले पछाडि तानिएको हो, पाठकमा पर्न गएको भ्रममा क्षमाप्रार्थी छौं । सुर्यखबर)