लुम्बिनी

मोटरसाइकलको ठक्करबाट कप्तानगञ्जका ५२ वर्षीय पुरणकाे मृत्यु

१९ मङ्सिर, देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३ प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उन गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए।