२० मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बर्दियामा थप एक जनाको मृत्यु भएको पुष्टि भएको हो । बर्दियाको गुलरिया नगपालिका ७ का ७२ वर्षका पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
स्वासप्रस्वासमा समस्या रहेका उनलाई रेमडिसिवर तथा प्लाज्मा थेरापी लगाएत उपचारबिधि अपनाईएपनि बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ ।
उनलाई मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त पुरुषको मृत्यु भएसंगै बर्दियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।