बाग्मती

४६ दिनपछि बीर अस्पतालका कर्मचारीले लिए आन्दोलन फिर्ता, के भयो सहमती ?

२० मंसिर, काठमाडौं । वीर अस्पतालका अन्दोलित कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । कोभिड भत्ता नपाएको र अन्य बिबिध माग गर्दै कर्मचारीहरु बिगत ४६ दिन देखि आन्दोलित बनेका थिए ।

शुक्रबार भएको पाचँ बुदे सहमतिपश्चात वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन । आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारी बिचको बार्तामा सहमति जुटेको हो ।

यस्तै वार्तामा अस्पतालमा कार्यरत कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६÷७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने सहमति भएको छ ।