बाग्मती

जिल्ला प्रशासनको नियम अवज्ञा गर्दै माइतीघरमा राजावादीहरुको प्रदर्शन

२० मसिंर,काठमाडौ । राजतन्त्र पुनस्थापनाको माग गर्दै राजवादीहरुले राजधानीमा विशाल प्रर्दशन गरेका छन।

राजावादीहरुले राजा आउ देश बचाउ ,गणतन्त्र धोका हो ,सघिंयता खारेज गरौँ ,हिन्दु राष्ट्र कायम गर,एमसिसि खारेज गरौ लगाएतका नारा लगाएका थिए ।

कोरोना कहरको जोखिमलाई मध्यनजर गदै जिल्ला प्रशासन कार्यलय काठमाडौंले कोरोना सङक्रमण फैलिने भन्दै धर्ना,जुलुस,प्रदर्शन जस्ता कार्य नर्गन आग्रह गरेको थियो ।

तर प्रशासनको आग्रहलाई बेवास्ता गर्दै राजावादिहरु प्रर्दशनमा उत्रिएका हुन ।माइतीघरबाट शुरु भएको जुलुस नयाँ बानेश्वर सम्म पुगेको थियो ।