समाचार

कार दुर्घटनाः युवतीको मृत्यु, तीन जना घाइते

२१ मसिंर,काठमाडौ । कार दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ कौशलटारमा भएको कार दुर्घटनामा काठमाण्डौ महानगरपालिका ४ धुम्बाराहीकि ३० वर्षिय रिया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति दर्र्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका(१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक (४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।