समाचार

एकिकृत परराष्ट्र नीति सार्जजनिक

२१ मसिंर,काठमाडौ ।सरकारले एकिकृत परराष्ट्र नीति सार्जजनिक गरेको छ ।
आज परराष्ट्रमन्त्रालयमा पत्रकार सम्मेलनमा जानकारी गराउदै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको (परराष्ट्र नीति २०७७) सार्वजनिक गरेका हुन ।

सम्मेलनमा ज्ञवालीले परराष्ट्र नीति सबै मित्रता हुने गरी अबलम्बन गरीएको बताएका छन ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्धन र प्रवर्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको उनले बताए ।

यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ।