समाचार

राष्ट्रपति द्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी

२१ मङ्सिर, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।