समाचार

बम बिस्फोटका घाईतेलाई जिउँदै जलाएको आरोपमा कांग्रेस नेता अफताबका भाई महताब पक्राउ

२२ मसिंर,काठमाडौं । बम बिस्फोटका घाइतेलाई ज्यउँदै जलाएको प्रकरणका आरोपीत एकजना प्रकाउ परेका छन। नेपाली कांग्रेसका सांसद तथा पुर्वमन्त्री मोहम्मद आफताव आलमका भाई मोहम्मद महताव आलम प्रकाउ परेका हुन ।

पहिलो सबिधानसभा निर्बाचन फरहदवामा भएको बमबिस्फोटका घाइतेलाई ज्यउँदै जलाएको प्रकरणमा उनलाई प्रकाउ गरिएको हो।

उनका दाजु पुर्वमन्त्री आफताव आलम प्रकाउ परेदेखि फरार रहेका महाताव आलमलाई भारतीय प्रहरीको सहयोगमा प्रकाउ गरीएको हो ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेख काका इद्रिसको घरमा भएको वम विस्फोटमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षिय ओसी अक्तर मियालाई घाइते अवस्थामा ज्यउँदै जलाएको आरोपमा प्रकाउ परेका हुन। मुख्य आरेपित भनिएका सांसद अफताव आलम २०७६ असोज २६ गते प्रकाउ परेका हुन ।