२३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वलदीय बैठक बालुवाटारमा सुरु भएको छ ।
बालुवाटारमा सुरु भएको बैठकमा पछिल्लो समय मुलुकमाजारी राजावादी पर्दशन र समसामयीक राजनीतिक विषयमा छलफल हुने भएको हो ।
पछिल्लो समय नेकपामा विवाद जारी रहँदा अर्काेतिर राजा आउ देश बचाउ भन्दै देशैभरी राजावादीहरु सक्रीय हुन थालेपछि ओलीले सर्वदलीय बैठक डाकेका हुन् ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु बैठकमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु र पुर्वप्रधानमन्त्रीहरुको उपस्थित रहेको जनाईको छ ।