२४ मंसिर, काठमाडौं । बुद्धिजिवी तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै गणतन्त्रको खतरा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले प्रधानमन्त्री ओलीबाटै गणतन्त्रको खतरा रहेको भन्दै सडकमा सम्पुर्ण नेपाली बोलोस्, ओली हटाउ गणतन्त्र बचाउ भन्दै आक्रोस व्यक्त गरेका छन् ।
उनले राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र नै चलाउने भए ओली भन्दा राजा नै तगडा छन् भनेको भनाई उल्लेख गर्दै उनले कमलको बाेलीमा लोली मिलाउँदै सडकमा सारा नेपाली जनता बोली ओलीलाई हटाई गणतन्त्र बचाउन सुझाएका छन् ।
पछिल्लो समय नेकपा बिबाद र मुलुकैभरी राजावादीहरुको चर्काे पर्दशनमा सरकारको वेवास्ताका कारण गणतन्त्रको खतरा कमल थापाबाट मात्रै भन्दापनि अेलीबाट भएको भन्ने धारणा सार्वजनिक भईरहेका बेला संग्रौलाको उक्त धारणा आएको हो ।
उनको ट्वीटः कमल थापा गणतन्त्रका छद्म सचेतक हुन् । यदाकदा सडकमा ओर्लीएर कमल भन्छन्ः लुटतन्त्रीय कुशासन नै चलाउने हो भने तिम्रा ओलीभन्दा हाम्रा राजा तगडा छन् । म त भन्छुः वास्तवमा गणतन्त्रलाई खतरा कमल होइन, ओली हुन् । तसर्थ कमलको बोलीमा लोली मिलाउँदै सडक बोलोस्ः ओली हटाऊ, गणतन्त्र बचाऊ !