समाचार

के तपाई घुम्न जाँदै हुनुहुन्छ ? भोलिदेखी खुल्दै छ चिडियाखाना !

२४ मंसिर, काठमाडौं । विगत ९ महिनादेखि बन्द रहेको सदर चिडियाखाना भोलि बिहिबार देखि खुल्ने भएको छ । चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलका अनुसार सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको हो ।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उनले बताएका छन् । एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ । चिडियाखाना गत चैत ७ गतेयता बन्द छ ।