राजनीति

नेता गुरुङको प्रश्नः भ्रष्ट नेतालाई फूलमालाले स्वागत गर्ने हामी जनता कहिले सुध्रने ?

२४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकारको पालामा ब्याप्त भ्रष्टाचर बढेको भन्दै कटाक्ष गरेका छन् ।

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेता गुरुङले नेता गुरुङले भ्रष्टाचारमा चुर्लुम्मै डुबेको देशमा भ्रष्टाचारीको मुखै हेर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीनै भ्रष्टाचारीको संरक्षणमा भएको प्रतिवेदन सार्वजनिक हुनु लज्जास्पद भएको टिप्पणी समेत गरेका छन् ।

आज भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको सन्र्दभ उल्लेख गर्दै उनले भ्रष्ट नेतालाई फूलमालाले स्वागत गर्ने हामी जनता कहिले सुध्रने ? भन्दै कडा प्रश्न समेत गरेका छन् ।

उनले अगाडी भनेका छन्ः भ्रष्ट नेताहरुलाई फूलमालाले स्वागत गर्ने जनता हामी कहिले सुध्रने ? म भ्रष्टाचार गर्दिन र गर्नेको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरेको भनि प्रतिवेदन सावर्जनीक भएकाबेला नेता गुरुङको यस्तो टिप्पणी सार्वजनीक भएको हो ।

उनको ट्वीटः आज भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवस१ भ्रष्टाचारमा चुर्लुम्मै डुबेको मेरो देश ! भ्रष्टाचारीको मुखै नहेर्ने मेरो प्र.म । ! भ्रष्टाचार प्र.म.कै संरक्षणमा भएको प्रतिवेदन सार्वजनिक गर्छ, ट्रान्परेन्सी इन्टरनेशनल ! भ्रष्ट नेताहरुलाई फूलमालाले स्वागत गर्ने जनता ! हामी कहिले सुध्रने ?