२४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ओली सरकारको भ्रष्टाचार र गणतन्त्रमा कुशासन र विदेशी चलखेलका कारण जनता सडकमा उत्रिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले अहिले सडकमा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देखिएको जनलहरको तीन कारण देखाउँदै यस्तो बताएका हुन् । साथै उनले धर्मनि/पेक्षता रगणतन्त्र र संघीयता बिदेशीको एजेण्डा रहेको जनताले बुझ्न थालेको बताएका छन् ।
अध्यक्ष थापाले वर्तमान सरकारको असफलता साथै गत १४ बर्षमा भ्रष्टाचार, कुशासन र बिदेशी चलखेल बढेको देखेर अहिले जनता सर्डमा उर्लिएको टिप्पणी गरेका छन् ।
पछिल्लो समय राजा आउ देश बचाउ भन्दै मुलुकमा भईरहेका विभिन्न राजावादी प्रदर्शन लक्षित गर्दै यसो हुनुमा तिन कारणलाई उनले सार्वजनीक गरेका हुन् ।
उनको ट्वीटः अहिले सडकमा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देखिएको जनलहरको तीन कारण छन्ः
धर्म निरपेक्षता / गणतन्त्र / संघीयता बिदेशीको एजेण्डा रहेको जनताले बुझ्न थाले, वर्तमान सरकारको असफलता साथै गत १४ बर्षमा भ्रष्टाचार, कुशासन र बिदेशी चलखेल बढ्यो, गणतन्त्र आएपछि राजाको शालिन / मर्यादित व्यवहार