२४ मंसिर, काठमाडौं । राप्रपा नेता तथा साँसद राजेन्द्र लिङ्देनले सबै उच्च नेता कर्मचारीको सम्पत्ति छानवीनको संकल्प गरौ भन्ने प्रस्ताव गरेका छन् । राजसंस्था र हिन्दू राज्यको मागमा दह्रोसंग उत्रिएको राप्रपाका महामन्त्रीसमेत रहेका नेता लिङ्देनले ट्वीट गर्दै अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशका अवशरमा उक्त प्रस्ताव गरेका हुन् ।
लिंदेनले जबसम्म भ्रष्टाचारको समूल अन्त गर्न सकिन्न तबसम्म विकास र समृद्धि खोक्रो गफ हुने टिप्पणी गरेका छन् । नेता लिंदेनले जुनवेला एशियाका १७मुलुकमा सबैभन्दा भ्रष्ट देशमा नेपाल छानिएको छ भन्दै यो असाध्यै लज्जा र पीडाको विषय भएको बताएक छन्। लिंदेनको प्रस्ताव समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराई, काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगंलगायतका नेताले पनि समर्थन जनाउँदै आएका छन् । सम्पती छानविक गर्नुपर्ने ब्यापक माग भएपनि उच्च राजनीतिक नेतृत्वले सुनेको नसुनै गरेका बेला नेता लिंदेनको प्रस्ताव आएको हो ।
उनको ट्वीटः
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
जुनवेला एशियाका १७मुलुकमा सबैभन्दा भ्रष्ट देशमा नेपाल छानिएको छ। यो असाध्यै लज्जा र पीडाको विषय हो
जबसम्म भ्रष्टाचारको समूल अन्त गर्न सकिन्न तबसम्म विकास र समृद्धि खोक्रो गफ हुनेछ !
सबै उच्च नेता कर्मचारीको सम्पत्ति छानवीनको संकल्प गरौ!