समाचार

कोरोनाका कारण पूर्वराजदूत एवंम नेकपा केन्द्रीय सदस्य लामाको मृत्यु

२५ मंसिर, काठमाडौँ । दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएको छ ।

कोरोना संक्रमित लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा निधन भएको हो । भेन्टिलेटरमा उपचाररत उनको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ ।

६९ वर्षीय लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद भएका थिए । काभ्रेका वौद्धिक र अग्रज नेता लामा नेकपाका केन्द्रीय सदस्य समेत थिए ।

काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आएका थिए ।