समाचार

आज देशका विभिन्न स्थानमा सामान्य बदली र पहाडी तथा हिमाली जिल्लामा हिमपात

२६ मंसिर, काठमाडौं । अहिले बिहानपख तराई भूभागमा कुहिरो छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

शुक्रबार प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनिदेशका धेरैजसो स्थानमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।