आर्थिक

महालक्ष्मीविकास बैंक लि. ले CorporatePAY प्रणाली सञ्चालन गर्ने

२६ मंसीर, काठमाडाैँ । महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “CorporatePAY“ प्रणालीको सुरुवातगर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग२०७७ मंङ्सिर २५ गते बिहिबार सम्झौता गरेको छ । बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदानगर्ने उक्तडिजिटल प्ल्याट्फर्म मार्फत बैंक मानगई आफैले रकमान्तर, तलबभुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS वा NCHL-IPS  मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
CorporatePAY आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउनmulti-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्रगर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ। ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनिलिन्क गरी कारोबारगर्न सकिने प्रावधान रहेको छ ।
उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका का.मु. प्रमुखकार्यकारी अधिकृत श्री सागर शर्माज्यू तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेको छ । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजताआउने विश्वास बैंकले लिएको छ ।