आर्थिक

सानिमा बैंकद्वारा रक्तदानकार्यक्रमको आयोजना

सानिमा बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्यकार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरीतथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उत्त mकार्यक्रममा कोभिड–१९ को जोखिमन्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।
२०७७मंसिर २६, शुक्रबारदिउँसो १ बजे देखि ३ बजे सम्म आयोजित कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत श्री भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
सानिमा बंैकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्नकार्यक्रमहरु गर्दै आइरहेको छ ।
सानिमा बंैकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।