२७ मङ्सिर, काठमाडौँ । पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ ।
जोशीको हेम्स हस्पिटल मण्डीखटार काठमाडौंमा हृदयघातका कारण गएको मंसिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।
डोटी जिल्लाको सिलगढी निवासी श्री सत्य प्रसाद जोसी विभिन्न देश विदेशमा परराष्ट्र सेवामा लगभग २६ वर्ष भन्दा बढी सेवा गरी निबृत हुनुभई रसिया, भारत, बङ्गलादेशको वाणिज्य दुतावास तथा राजदुतावास मा प्रथम सचिव र परराष्ट्र वरिष्ठ उपसचिवको हैसियतले सेवा समेत गरेका थिए ।
उनी सवैका मिलनसार कर्तव्यनिष्ट जिम्मेवार बोध गर्ने राष्ट्र सेवकको पहिचान हुनुहुन्थ्यो ।
स्वर्गीय जोशीका श्रीमती सहित चार छोरीहरू रहनु भएको पारिवारिक स्रोतले जानकारी दिए ।