२७ मङ्सिर, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पु¥याइने बताउनुभएको छ । आज रासससँग कुरा गर्दै मन्त्री फँुयालले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र प्रतिबद्धता पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।
मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा (सबैभन्दा पुछारमा) स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे ।
“रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका छौँ”, मन्त्री फुँयालले भने । यस कार्यका लागि धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित जगत सिंखडा तथा डा रामकुमार अधिकारीलगायतसँग छलफल गरिएको उनले जानकारी दिए।
“प्रदेश सरकारको बहुवर्षीय ठेक्कामा बोराङ हुँदै सेतुङ तथा सेतुङ हुँदै तिप्लिङसम्मको सडकखण्ड समयभित्र सम्पन्न गराउन, डुण्डुरेखोला पुल सम्पन्न गर्न, डुण्डुरेबाट किन्ताङ फेदीसम्मको सडक निर्माण सम्पन्न गर्न, आँखुखोला पुलको तत्काल निर्माण गर्ने गरी कार्यतालिका पनि बनेको छ”, उनले भने । एक घर एक धारा कार्यक्रम कार्यान्वयन गर्न, तीनवटा सिँचाइ आयोजना चालु गर्न, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले एकीकृत पहल गर्न तथा सामूहिक पहलकदमीका लागि कार्यक्रम गरिएको मन्त्री फँुयालले बताए। सो कार्यका लागि आगामी पुस १६ गते एकीकृत बैठक बस्ने बताइएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुनुपरेको गाउँलाई सबैभन्दा पहिले ती सबै विकासको आधारको रूपमा रहेको सडक सञ्जालले जोड्ने र अन्य विकासका काम पनि सँगै गर्दै जानेतर्फ प्रदेश सरकार लागेको मन्त्री फुँयालले बताए । “पहिले आवागमनलाई सहज बनाउँछौँ, त्यसपछि खानेपानीको व्यवस्था गर्छौँ र सिँचाइको समेत व्यवस्था गरेर उत्पादन वृद्धि गराई त्यहाँका जनताको आयस्रोतको विकासका लागि प्रयास गर्छौँ”, उनले भने ।
मदन–आश्रित स्मारक निर्माण सम्बन्धमा अन्तक्र्रिया
चितवनमा मदन–आश्रित स्मारक निर्माण सम्बन्धमा आज हेटौँडामा अन्तक्र्रिया तथा छलफल भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री फुँयालको उपस्थितिमा मन्त्रालयमा भएको कार्यक्रममा प्रदेशसभामा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने विजय सुवेदी, कृष्णप्रसाद भुर्तेललगायतको सहभागिता रहेको मन्त्री फँुयालका स्वकीय सचिव अशोक ढकालले जनकारी दिनुभयो ।
छलफलमा स्व मदनकुमार भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थल दासढुङ्गा र पार्थिव शरीर प्राप्त भएको स्थान चितवनको गाँजीपुरसम्मको क्षेत्रलाई वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार, स्थानीय सरकार र जनताको सहभागितामा पूर्णकदको शालिक, उद्यान, सचिवालय, सङ्ग्रहालय, मचान, सडक, नारायणी नदीमा तटबन्ध, झोलुङ्गे पुल, सभा भवन आदि निर्माणको योजना बनाइएको ढकालले बताए ।