२८ मंसिर, काठमाडौं । अन्ततः संवैधानिक परिषदको आज बिहान डाकीएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आज बिहान ९ बजे बोलाईएको उक्त बैठक स्थगीत भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालका सदस्यले जानकारी दिएका छन् ।
काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो । सोमबार सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने काङ्ग्रेस नेताहरूले बताउँदै आएका थिए ।
यसअघिका पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो । परिषद्को बैठक नबस्दा ४५ बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।