२८ मंसिर, काठमाडौं । पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालीका ६ सुदापमा स्थानीय कृषक समुहले सिँचाईका लागी बनाएके प्लाष्टिक पोखरीमा डुबेर तीन बालीकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाउँपलीकाका अध्यक्ष सन्तबिर लिम्बुका अनुसार खेल्न भनेर घरबाट निस्केका उनिहरुको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोपीला लिम्बुका ७ बर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देबेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेका छन् । खेल्न गएका उनिहरु अबेरसम्म घर नआएपछि खोज्न जाँदा उक्त पोखरीमा मृत फेला परेका थिए ।