२८ मङ्सिर, काठमाडौँ । मुक्तिनाथविकास बैंकले आज बैंकको लोगोको प्रतिक“मुक्तिभाई”नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ ।आगामीदिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा , सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने बैंकले जनाएको छ ।
बैंककाअध्यक्षश्री भरत राज ढकाल र प्रमुखकार्यकारी अधिकृत श्री प्रद्युमनपोखरेलद्धारासंयुक्त रुपमाएक कार्यक्रम मार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।बैंकको फेसबुक पेज बाट सोही कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो ।
विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गकारोबार र प्रणालीलाई प्रोत्साहनगर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितन भई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हालविकास बैंकको १३८ ओटा शाखा कार्यालयहरु रहेका छन् ।