२८ मङ्सिर, काठमाडौँ । ग्लोकलप्रा. लि. द्वारा आयोजित“ग्लोकल टीन हिरो २०२०”को उपाधिरामेछापकी मन्दिरा श्रेष्ठलेजित्न सफल भएकी छन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझचिनाउने कार्यक्रम“वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो ।आजभएको अन्लाईन कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, श्री रामेश्वर रे यादबज्युले बिजेताको घोष्णा गरेका थिए। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्यविविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालनगरिएको थियो।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी एकराज घिमिरे, बातावरण विद्समन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिएन्ता सरीत काफ्ले, शिक्षिका ससुभा शशर्मा, कोडरस सुलव सुबेदी, नवप्रबर्दक रवैभव नाहटा, उद्द्यमी बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।
सुश्री मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्यकार्यकर्ता कर्मी एवमं अभिएन्ता हुन् । उनले “युपीआरमा बालनेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन्। उनीएकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रिय रुपमा सहभागी भईरहेकी छिन् । त्यस्तै शिक्षामामहिलाको पहुचका लागि काम गर्दै उनी“ट्री पद्ममाचाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमाकाम गरिरहेकी छिन्।स्वास्थ्य क्षेत्रमाकामको अनुभब बटुलदै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।
देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदनआएकोमा आजग्लोकल टीन हिरो उपाधिबाट सम्मानितगरिएको हो।यीकिशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्रलक्षित गरेर पछि २०१६ सम्ममायसले नेपालकाकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्चउपलब्ध गराउन राष्ट्रव्यापी रूपमाआफ्नो कार्य विस्तार गरेको थियो ।हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भनेग्लोकल टिन हिरो ईन्डिया बाट दुईजना सम्मनित भएका छन र श्रिलंकामा एक किसोरि सम्मनित भएका छन । वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थपप्रोत्साहन गरी उनीहरुलाई संसारमाझचिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।