२८ मङ्सिर, भक्तपुर / चाँगुनारायण नगरपालिका–४ भक्तपुरमा चाँगुनारायण नगरपालिकाले सञ्चालनमा ल्याएको ‘चाँगुनारायण अस्पताल’को आज शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा उनले भक्तपुरको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र कहाँ बनाउने भनेर विवाद गर्नुको तुक नभएको भन्दै सरकारले चाँगुनारायणको झौखेलमा बनाउने र चाँगुनारायणमै पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय हलसमेत निर्माण गर्ने तय गरेको बताए ।
कुन पार्टी, कुन नेताले के ग¥यो भनेर विवाद गर्न नहुनेमा जोड दिँदै उहाँले विकासका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । चाँगुनारायण अस्पताल अस्पतालजस्तो नभएको, सडकको दूरावस्था रहेको, बाहिर भवन राम्रो देखिए पनि भित्र सेवा प्रभावकारी नभएको, श्ययादेखि शौचालयसम्म फोहर रहेको र व्यवस्थापनमा कमजोर रहेको भन्दै मन्त्री श्रेष्ठले नगरपालिकाले अस्पताललाई साँच्चिकै अस्पताल जसरी चलाउन निर्देशन दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले चाँगुनारायणका बासिन्दाले अब सबै उपचार यहीँ अस्पतालमा पाउने गरी व्यवस्थापन हुनुपर्नेमा जोड दिए । उनले चाँगुनारायणमै मानव अङ्ग अस्पताल र अन्तर्राष्ट्रिय हल पाउनु गौरवको विषय भएको बताए ।