३० मंसिर, काठमाडौं । काडमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार बिहान ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छिन् ।
अहिले बिहान तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश २ तथा बागमती प्रदेशमा आज आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद नगरकोटीले बताइन् ।
मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली हुनेछ । बाँकि भेगमा मौसम सफा रहनेछ बताइएको छ ।