समाचार

प्रधानमन्त्री ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् ।  बैठकको तयारी नपुगेको र समन्वय नगरेको भन्दै नजाने निर्णय गरेको उनका निकटस्थहरुले बताएका छन् ।

बैठकमा सहभागी हुन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना भने पुगिसकेका छन् ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ। करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् ।

संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेकोको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन्।