३० मङ्सिर, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकारी र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेका छन् ।
संविधानको धारा, ११४ को उपधारा १ बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए ।