३० मङ्सिर, काठमाडौँ / शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकको कालोपत्रको आज शुभारम्भ गरेका छन्। काठमाडौँ महानगरपालिका र चमतीका बासिन्दाको साझेदारीमा झण्डै एक हजार ४०० रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्न शुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा छ ।
सो अवसरमा राज्यमन्त्री मानन्धरले वर्तमान सरकारले जनतामा आशा जगाउने धेरै काम गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे ।
कामका प्रमुख विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको जनाउँदै सुन्दर शहर निर्माण अभियानमा सो आयोजना उदाहरणीय हुने बताए । कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालले आयोजना सकिएसँगै वडा कार्यालयका प्रशासनिक कामका लागि सोही स्थानमा कार्यालय निर्माण गरी सार्ने तयारी भएको जानकारी दिए ।