१ पुस, काठमाडौँ । लिखु खोला हाइड्रोपावर कम्पनीको जारी पूँजी (तीन अर्ब बाह्र करोड पचास लाख) पुँजी मध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ कराेड ५० लाख कित्ता शेयर प्रति कित्ता् १०० अंकित दरले शेयरको मूल्य ६२ करोड ५० लाख को शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ । शेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले ३० गते सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।