कर्णाली प्रदेश

किसानका बारीमा कृषिमन्त्री केसी

२ पुस, दैलेख / कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गरका छन्। यसक्रममा उनले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरे । सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरे ।
किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गरे । सो अवसरमा कुरा गदै उनले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैँकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिए। न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उनले बताए ।