राजनीति

राष्ट्रपती/प्रधानमन्त्रीलाई महाअभियोग लगाउन खुट्टा कमाउनेलाई इतिहासले क्षमा गर्दैनः डा भट्टराई

३ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग लगाउन खुट्टा कमाउनेलाई ईतिहासले क्षमा नगर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने र राष्ट्रपती भण्डारीले हतारमा जारी गर्ने गरेको प्रति कटाक्ष गर्दै उनले यस्तो बताएका हुन् ।

साथै डा.भट्टराईले वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसकेको धारणा व्यक्त गरेका छन् ।

अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा नगर्ने उनको भनाई छ ।

उनको ट्वीटः वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है !