सामाजिक सञ्जाल

डा.संग्रौलाको आह्वानः उखु किसानको शोसणकाबिरुद्ध एकजुट हौं

३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले उखु किसानमाथिको शोसणका बिरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।

बक्यौता रकमको माग गर्दै आन्दोलनमा होमिएको उखु किसानलाई समथर्न गर्दै प्रतिनिधिसभा सांसद समेत रहेकी डा.संग्रौलाले उखु किसानको शोषणका विरुद्ध सबै एकजुट भई न्याय दिन सडकबाटै कम्बर कसेर लाग्नु पर्ने बताईन ।

उखु किसानहरुले प्रत्यक बर्ष आफुले बिक्री गरेको उखुको मूल्य नपाउदा माइतिघर मण्डलामा प्रदर्सन गरिरहेका छन् । ७ वटा चिनी उधोग किसानलाई करिब ९० करोड बक्योता तिर्न बाकी छ रहेको छ । नेतृ संग्रौलाले ऋण काढेर उखु उत्पादन गर्नु अनि ऋण लिएर नै प्रदर्सनमा उत्रिन बाध्य हुनु पर्ने कस्तो बिडम्बना हो ? भन्दै उनले दुखेको पोखेकी छिन् ।

डा.संग्रौलाले प्रश्न गरेकी छिन्ः प्रती बर्ष माइतिघर मण्डलामा आउनु पर्ने बाध्यता किन शृजना गरिन्छ ? उखु किसानहरुले सरकारलाई कति बिन्ती बिसाउने हो ? उखु उध्योगका मालिकलाई खोइ कारबाही ? ७०र७५ बर्ष सम्मका वृद्ध उखु किसानहरुलाई यो जाडोमा कहिलेसम्म आन्दोलनमा उत्रन लगाउने ? ।