सामाजिक सञ्जाल

धनराजको आक्रोशः उखु किसानलाई रुवाउने/उद्योगपतिलाई कारबाही नगर्नेले राजीनामा दिनुपर्दैन पर्दैन?

३ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले उखु किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ? भन्दै प्रश्न गरेका छन् । पुर्वसांसदसमेत रहेका नेता गुरुङले नेताहरुले फोनबाट दबाब दिएका कारण उखु किसानहरुलाई भुक्तानी नदिने उद्योगपतिहरुलाई कारबाही गर्न नसक्ने मन्त्रीले लाज पचाएकै हुन् भन्ने ठोकुवा गर्दै उक्त प्रश्न गरेका हुन् । हुन त नेताको घरमा विवेक बन्धक राख्नेहरुलाई लाज त लाग्दैन होला भन्ने आशंकासमेत गरेका छन् ।
नेता गुरुङको ट्वीटः नेताहरुले फोनबाट दबाब दिएका कारण उखु किसानहरुलाई भुक्तानी नदिने उद्योगपतिहरुलाई कारबाही गर्न नसक्ने मन्त्रीले लाज पचाएकै हुन्। हुन त नेताको घरमा विवेक बन्धक राख्नेहरुलाई लाज त लाग्दैन होला। उखु किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ?