३ पुस, काठमाडौँ । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नया ँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ३९ पुगेको छ ।
बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । उक्त शाखा रहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याजभुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउन उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४शाखा सञ्जाल सहित२३९ एटिएम, ४७एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइ रहेको छ।