४ पुस, काठमाडौँ / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उनी प्रचण्ड निवास पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुगेका हुन्। उनीहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताए । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।