४ पुस, काठमाडौँ । काठमाडौं–प्राइम लाइफ इन्स्योरेन्सकम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरीदुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइमलाइफ इन्स्योरेन्स कं. लिमिटेडका तर्फबाटसंस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्सकं. लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र connectIPS e-Payment प्रणालीसँग जोडिए पछि इन्स्योरेन्सदाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, vendo भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । साथैप्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो(प्रिमियम)बीमा शूल्कपनि अनलाइनमार्फत connectIPS e-Payment बाट वा ५,००० भन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यीसबैकारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
सन् २००७ जूनमा लक्ष्मी बैंकका साथै विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरुद्वारा स्थापना गरिएकोप्राइम लाइफ इन्स्योरेन्सकं. लिमिटेडलेइन्स्योरेन्सक्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भइसकेको छ । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमापनिआफ्नो विशेषउपस्थितिगर्न मद्दतपुग्ने अपेक्षागरेको छ ।
एनसीएचएलनेपाल राष्ट्र बैंक, बैंक तथावित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धितकम्पनीहो । यसका NCHL-ECC, NCHL-IPS/ connectIPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् जसमा सबै जसोबैंकतथावित्तीय संस्थाहरू आबद्ध भैसकेका छन् ।
थप जानकारीको लागि www.nchl.com.np लउहेर्नुहोला ।