५ पौष, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संबिधानअनुसारर लोकतन्त्र र राष्ट्रहीतबिपरीतको संसद बिघटन सिफारिस तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको भन्दै उक्त अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन भन्ने विचार ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।’काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगं, डा मिनेन्द्र रिजाललगायतका नेताहरुलेसमेत यस कदमको कडा बिरोध गरेका छन् । काँग्रेसको औपचारिक धारणाभने अहिलेसम्म आएके छैन । तर काँग्रेसले उक्त ओली सरकारको कदमको समर्थन गर्ने सम्भावना भने छैन ।