राजनीति

ओली लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक/अलोकतान्त्रिकः गगन थापा

५ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न राष्टर्पति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको भन्ने सूचनाको टिप्पणी गर्दै पुर्बमन्त्रीसमेत रहेका युवा नेता थापाले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान भएको भन्दै बिघटन गर्ने कदमको बिरोध गरेका हुन् । नेता थापाले भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’
गगनको ट्वीटः संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।
@PM_Nepalले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।