५ पौष, काठमाडौं । नेकपाका सचिवालय सदस्य एबम् प्रवक्ता नरायण काजी श्रेष्ठले बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं भन्दै सार्बजनिक आह्वान गरेका छन् ।
नेता श्रेष्ठले आज प्रधानमन्त्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको टिप्पणी गर्दै यो लागु हुन सक्दैन भन्ने ठोकुवा गरेका छन् ।
नेता श्रेष्ठको ट्वीटः आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन। यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।