५ पुस, काठमाडौँ / नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीकी माता टङ्ककुमारी राजभण्डारीकोे निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा गए राति ९० वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएकी माताले सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको कांग्रेसले जनाएको छ ।