आर्थिक

ग्लोबलआइएमई बैंक र त्रि.वि विश्वविद्यालय बीच सम्झौता

 ५ पुस, काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(प.नि.का.) बल्खुबीचबैंकले प्रदानगर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।उक्त सम्झौतापत्रमा त्रि.वि, प.नि.का.कातर्पmबाट परीक्षानियन्त्रकपुष्पराजजोशीर ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखाकार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेकी छन् ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ। त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण कारोबार यसबैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्य भरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.माकार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगदएवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरकाविभिन्नसरकारी कार्यालय, उद्योग,विभाग, यातायातव्यवस्थाकार्यालय, आन्तरिक राजश्वकार्यालय, मालपोत कार्यालय लगायतका३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवाप्रदानगर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउनेउद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७एक्सटेन्सनकाउण्टर तथाराजश्व संकलनकाउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (ग्प्) क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।