पु.समाचार

संसद विघटनको बिरुद्ध प्रचण्ड-नेपाल पक्षका ८७ सांसद आज सर्वाेच्च जाँदै

६ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पार्टी भित्रैबाट बिरोध भएको छ ।

पार्टीमा विवाद जारी रहेका बेला ओलीको सिफरीसमा राष्ट्रपती विद्यादेखी भण्डारीले संसद बिघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष रुष्ठ बनेको छ । यति सम्मकी दुई घुटको छुट्टा-छुट्टै भेलाले पार्टी समेत पुटको संघारमा पुगेको छ ।

यसैबिच ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहका ८७ सांसद् प्रतिनिधि सभा पुनर्बहालीको माग गर्दै सर्वाेच्च जाने भएका हुन् । पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताएकी छिन् । २ बजेअघि सर्वाेच्च पुग्ने उनले बताइन् ।

प्रतिनिधि सभामा हाल कायम नेकपाका कुल सांसदमा ८७ जनाको बहुमत पुग्छ । प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमा एक जनाको मृत्यु भएको छ । सभामुखलाई पक्षम विपक्षमा मताधिकार हुँदैन ।