राजनीति

स्थायी/केन्द्रिय कमिटी गुटको निर्णय आम नेकपा नेता/कार्यकर्ताले धोती लगाइदिनेछन्ः महेश बस्नेत

६ पौष, काठमाडौं । नेकपा युवा नेता एबम् पुर्वमन्त्री महेश बस्नेतले आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ, तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन नेकपा अध्यक्ष पुष्पकमल दहालतर्फ आक्रोश पोखेका छन् । नेकपा अध्यक्ष एबम् प्रानमन्त्री केपी शर्मा ओली निकट नेता मानिने बस्नेतले के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनीतिमा लागेका प्रचण्डले पुर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे, बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ, चार्ली चाप्लिङ्ग माथ खाने भए अब भन्ने टिप्पणी गरेका छन् । नेता बस्नेतले अध्यक्ष दहाल पुर्व एमालेका केही नेताहरुको आडमा नाचेको भन्दै आउने निर्बाचनमा हेरौंला भनेका छन् । अध्यक्ष दहालले प्रधानमन्त्री ओलीलाई स्थायी समितिले कारबाही गर्ने भन्ने निकालेको बिज्ञप्तीतर्फ संकेत गर्दै उक्त कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेत यसो भन्छन्ः घरमा पाउना लाग्न आएका ब्यक्तिले छोरा छोरी मध्यको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा साबधानी गरे बापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौ टंकी हो यो कथित स्थायी कमिटी रुपि प्रचण्ड गुटको षड्यन्त्र । के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० बर्ष पछाडि राजनितीमा लागेका प्रचण्डले पुर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे! बिश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुदैछ। चार्ली चाप्लिङ्ग माथ खाने भए अब। आउदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौला। कार्बाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला। अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ। तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन।