७ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले कुशासनको दोस्रो श्रृङखला सुरु गर्नुभन्दा ताजा जनादेशमा जानु उत्तम भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संसद विघटनको वैधानिकताको परिक्षण /निरुपण /व्याख्या पनि सर्वोच्च अदालतले गर्ने बताएका छन् ।
उनले घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चौतर्फि बिरो भईरहेका बेला अध्यक्ष थापाको यस्तो धारणा सार्वजनीक भएको हो ।
उनको ट्वीटः संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ । तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।